50 banking questions for Nepal Rastra Bank सहायक द्वितीय /assistant level
५० बैंकिङ प्रश्नोत्तरहरु:
१. विप्रेषणले विप्रेषण गरी ल्याएको बिदेशी मुद्रा देशगत तथा फर्म वा कम्पनीको रुपमा विवरण तयार गरी मासिक रुपमा महिना समाप्त भएको कति दिन भित्रमा विभागमा पेश गर्नु पर्छ? १५ दिनभित्र
२. नेपाल राष्ट्र बैंक मनी चेन्जर विनियमावली २०६७ हालसम्म कति पटक संसोधन भएको छ? ३ पटक
३. नेपाल राष्ट्र बैंक मनी चेन्जर विनियमावली २०६७ को तेस्रो संसोधन कहिले भएको हो? वि.सं २०७१ फागुन ४
४. भुक्तानी गर्नुपर्ने व्यक्तिलाई के भनिन्छ? आसामी
५. कुनै समयमा परिवर्तन गर्न नसकिने शेयर कुन हो? साधारण शेयर
६. कम्पनीले शेयर जारी गरी भुक्तानी प्राप्त गरेको रकमलाई के भनिन्छ? चुक्ता पुँजी
७. नेपालमा विनिमय अधिकारपत्र ऐन कहिले ल्याइएको हो? वि.सं २०३४ पौष १८
८. बैंकिङ क्षेत्रमा CBS को पूरा रूप के हो? Core Banking System
९. लगातार मूल्य वृद्धि हुँदै जाने क्रम वा अवस्थालाई के भनिन्छ? Inflation
१०. विश्वमा लैंगिक बजेटको सुरुवात कुन देशबाट भएको हो? Australia
११. कुन वर्गको बैंकले निक्षेप सङ्कलनमा नेपाल राष्ट्र बैंकले सर्त तोकिदिएको हुन्छ? घ वर्ग
१२. बाँडफाँड गरिसकेको शेयर कम्पनीले फिर्ता लिन्छ भने त्यसलाई के भनिन्छ? शेयर जफत
१३. बैंक अफ दि इयर २०१७ बाट सम्मानित हुने बैंक कुन हो? NMB bank
१४. विनिमयदर छिटो परिवर्तन भई रहनाले सबैले सजिलै स्वीकार नगर्ने मुद्रालाई के भनिन्छ? Soft currency
१५. बैंक तथा वित्तीय संस्था सम्वन्धी ऐन २०७३ मा जम्मा कति दफा र परिच्छेद रहेको छ? १३४ दफा र १४ परिच्छेद
१६. कम्पनीको प्रबन्ध पत्रमा उल्लेख गरिएको पुँजीलाई के भनिन्छ? अधिकृत पुँजी
१७. नेपाल राष्ट्र बैंकमा विभागीय प्रमुख पदमा कुन श्रेणीको अधिकृत हुन्छ? अधिकृत विशिष्ट श्रेणी
१८. नेपाल राष्ट्र बैंकको स्थापना हुनु अगाडी नेपालको विदेशी मुद्रा कहाँ राखिन्थ्यो? रिजर्व बैंक अफ इंडिया
१९. कुन प्रदेशमा नेपाल राष्ट्र बैंकको कुनै पनि कार्यालय छैन? प्रदेश नं ६
२०. कुन बैंक तथा वित्तीय संस्थाले अधिविकर्ष कर्जा दिन पाउँदैन? ग वर्ग
२१. हाइपोथिकेशन कर्जा कुन वर्गको बैंकले मात्र दिन सक्छ? क वर्ग
२२. पुर्वाधिकार शेयर भनेको के हो? लाभांस वितरणमा पहिलो प्राथमिकता पाउने शेयर हो
२३. कति समयभित्र मनिचेन्जर कारोबारको इजाजत नविकरण नभएमा स्वतः खारेज हुने व्यवस्था छ? ९० दिनभित्र
२४. तत्कालीन भूमि विकास बैंक र सहकारी बैंक समेत गाभी स्थापना गरिएको बैंक कुन हो? कृषि विकास बैंक
२५. बैंकिङ क्षेत्र संग सम्बन्धित OBC को पूरा रूप के हो? Outward Bills for collection
२६. बैंक तथा वित्तीय संस्थाहरूले गर्न नहुने काम बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐनको कति दफामा व्यवस्था गरिएको छ? दफा ५०
२७. बैंक तथा वित्तीय संस्थाको सञ्चालक समितिको बैठक बस्न कम्तिमा कति सदस्य उपस्थित हुनु पर्दछ? ५१%
२८. नेपाल राष्ट्र बैंकको लेखापरीक्षण समितिमा कतिजना सदस्यहरु हुन्छन? ३ जना
२९. तरलता व्यवस्थापनको निमित्त आवश्यक उपकरणको माध्यम द्वारा खुलाबजार कारोवार संचालन गर्ने कार्य कसले गर्दछ? नेपाल राष्ट्र बैंक
३०. बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ मा जम्मा कति अनुसुची रहेको छ? १
३१. नेपाल राष्ट्र बैंकले प्रत्येक आर्थिक वर्षको वार्षिक प्रतिवेदन आर्थिक वर्ष समाप्त भएको मितिले कति अवधिभित्र नेपाल सरकारसमक्ष पेश गर्नुपर्दछ? ४ महिना भित्र
३२. इन्डोनेसियाको the national mint public company perum peruil ले नेपाली बैंक नोट छाप्ने काम कहिले देखि गर्दै आएको छ? सन् २००७
३३. CEPA को पूरा रूप के हो? Comprehensive economic partnership agreement
३४. ADB मा हाल कति सदस्य राष्ट्रहरू रहेका छन्? ६७
३५. कम्पनीले जारी गरेको सेयरमा लगानी गर्ने लगानीकर्तालाई के भनिन्छ? शेयर होल्डर
३६. बैंक नगदी किताबमा कति महलहरु हुन्छन्? १७
३७. हालसम्म नेपाल राष्ट्र बैंकमा कतिजना गवर्नर भइसकेका छन्? १६
३८. कुनै उद्यमीलाई एकभन्दा बढी बैंक ले मिलेर कर्जा प्रवाह गर्दछ भने त्यसलाई के भनिन्छ? सहवित्तीयकरण कर्जा
३९. चेकमा उल्लेख गरिएभन्दा अन्य व्यक्तिको हातमा हस्तान्तरण गरेर पनि भुक्तानी लिन सकिने चेकलाई कुन चेक भनिन्छ? वाहक चेक
४०. Automated Teller Machine का आविष्कारक को हुन्? John shepherd Barron र Donald Wetzel
४१. Multi currency card प्रयोगमा ल्याउने नेपालको पहिलो बैंक कुन हो? सेञ्चुरी कमरसियल बैंक
४२. बैंकले क्रेडिट गरेको ब्याज व्यवसायको के हो? नाफा
४३. REPO दर भन्नाले के बुझिन्छ? नेपाल राष्ट्र बैंकलाई सरकारी सेक्युरिटीहरु वा बैंकहरूले बिक्री गर्ने ब्याजदर
४४. नेपालमा mutual fund लाई कसले नियमन गर्छ?नेपाल धितोपत्र वोर्ड
४५. बैंक तथा वित्तिय संस्थाले सार्वजनिक निष्कासन गर्नेबेला प्रकाशन गर्नुपर्ने विवरण कुन हो? विवरण पत्र
४६. कर्जा प्रवाह तथा असुलीसम्बन्धी व्यवस्था बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन 2073 को कुन परीक्षणमा गरिएको छ? परिच्छेद ८
४७. नेपाल राष्ट्र बैंक ऐन को कुन दफामा राष्ट्र बैंक सञ्चालक समितिको गठनसम्बन्धी व्यवस्था रहेको छ? दफा १४
४८. नेपालको बैंकिङ क्षेत्रमा उदारीकरणको सुरुवात कहिले देखि भएको हो? वि.स २०४१
४९. हाल विकास बैंकको लागि वैधानिक तरलता अनुपात कति हुनु पर्दछ? ९ %
५०. नेपालमा पहिलो पटक बजेट प्रस्तुत गर्दा नेपालका अर्थमन्त्री को थिए? सुवर्ण शमशेर
Collected by: Shraddha Shrestha
Comments
Post a Comment